जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकामा मानव अधिकार जलवायु परिवर्तन र लैगिंक न्यायसम्बन्धी सरोकारवाला निकायसंग बहुपक्षिय संवाद कार्यक्रम भएको छ । एक औपचारीक कार्यक्रमका बिच जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरीएको थियो । कीओस फाउण्डेशनको सहकार्य, राष्ट्रिय मानव अधिकार आयोगको समन्वय र युथ एड्भोकेसी नेपालको आयोजना उक्त कार्यक्रमको आयोजना गरीएको आयोजक युथ एड्भोकेसी नेपालले जनाएको छ ।